राजनीतिमा एकअर्कालाई खुल्याउने कार्य बन्द गरौँ : चित्रबहादुर केसी

सफल खबर संवाददाता

शुक्रबार, १० मंसिर २०७८, १४ : ४९
राजनीतिमा एकअर्कालाई खुल्याउने कार्य बन्द गरौँ : चित्रबहादुर केसी

चितवन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाली राजनीतिमा देखिएको एकअर्कालाई खुल्याउने प्रवृत्ति बन्द गर्नुपर्ने बताएका छन् । 

चितवनमा आयोजित एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले सबै राजनीतिक दलहरूको संघर्षले प्राप्त राजनीतिक उपलब्धि रक्षाका लागि दलहरूबीच खुल्याउने कार्य बन्द गर्नुपर्ने बताए । 

देश र जनताका लागि पनि राजनीतिक दलबीच एकताबद्ध भएर संघीयता र गणतन्त्रको रक्षा गर्नुपर्नेमा उनको भनाइ छ । अध्यक्ष केसीले पनि महाधिवेशनको सफलताको शुभकामना व्यक्त गरे । 

प्रतिक्रिया दिनुहोस