काठमाडौं । संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ताको माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ ।
विभिन्न ६ विद्यार्थी संगठनका नेताले संयुक्त रूपमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै बुधबार प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएका हुन् । प्रधानमन्त्रीले मूल्यवृद्धिको विषयमा सम्बन्धित निकायमा परामर्श गरेर सकारात्मक निर्णय लिने जवाफ दिएको अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले जानकारी दिइन् ।
ज्ञापन–पत्रमा अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियन अध्यक्ष रुपनारायण श्रेष्ठ, विप्लव निकट अखिल क्रान्तिकरी अध्यक्ष प्रकाश शाही, मोहन वैद्य निकटअखिल क्रान्तिकारी अध्यक्ष हरिकृष्ण गजुरेललगायतले हस्ताक्षर गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०८ मंसिर २०७८, १५ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भृकुटी कागज कारखानाका श्रमिकको पारिश्रमिक माग्दै प्रधानमन्त्री बालेनलाई ज्ञापनपत्र
कवाड व्यवसायीमाथिको ज्यादती बन्द गर्न माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र
धरानका प्रमुख राजनीतिक दलहरूले प्रचण्डलाई बुझाए ज्ञापनपत्र
शेखर समूहका सदस्यहरूले देउवालाई बुझाए ज्ञापनपत्र
कास्कीका पाँच वामपन्थी दलले बुझाए प्रचण्डलाई ज्ञापनपत्र
लोडसेडिङ बन्द गर्न माग गर्दै हितेन्द्रलाई ज्ञापनपत्र