काठमाडौं । नेकपा (माओवादी केन्द्रका अध्यक्ष) पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई पार्टी नेतृत्व छिटो भन्दा छिटो छोड्न मन भएको बताएका छन् । एकीकृत अखिल नेपाल शिक्षक संगठनको दोश्रो राष्ट्रिय परिषदलाई मंगलबार काठमडौंमा सम्बोधन गर्दै प्रचण्डले मन हुँदाहुँदै पनि विकल्प तयार नभइसकेको पनि बताए।
‘मलाई भन्न त साथीहरुले कति नेतृत्वमा बसेको महासचिव र अध्यक्षमा बसेको ३२र३३ वर्ष भइसक्यो भन्छन्,’ प्रचण्डले भने, ‘मलाई छिटो भन्दा छिटो छोड्न मन छ साँच्चै । छोडेर किताव लेख्न पाए अहिलेसम्म गरेको अनुभवको स्मरण लेख्थे भन्ने लाग्छ । तर, यस्सो छाँटकाँट हेर्छु बेला भएको छैन् भन्ने लाग्छ । आफ्नो अन्तरआत्माले मान्दैन ।’ यद्यपी उनले पार्टीमा आफ्नो हजारौं उत्तराधिकारी बन्दै गइरहेको विश्वास आफूलाई लागेको पनि बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ मंसिर २०७८, १५ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीको गलत कार्यशैलीका कारण एमालेभित्र विद्रोह बढदैछ : प्रचण्ड
जनताबाट फ्याँकिएका मान्छेले चुनावबारे भ्रम छर्दैछन्: प्रचण्ड
‘प्रचण्ड’ र महावीरलाई मतदाताद्वारा ‘चुनाव खर्च’ सहयोग
निर्वाचन क्षेत्रमा प्रचण्डको १५० घण्टा
प्रचण्डको सिस्नेमा मर्निङ वाक : सहिदका प्रतिमामा माल्यार्पण र स्थानीयको घरमा खाजा
प्रचण्ड : ‘टुरिष्ट’ होइन, ‘कर्मभूमि’ का उम्मेदवार