काठमाडौं । नेकपा (माओवादी केन्द्रका अध्यक्ष) पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई पार्टी नेतृत्व छिटो भन्दा छिटो छोड्न मन भएको बताएका छन् । एकीकृत अखिल नेपाल शिक्षक संगठनको दोश्रो राष्ट्रिय परिषदलाई मंगलबार काठमडौंमा सम्बोधन गर्दै प्रचण्डले मन हुँदाहुँदै पनि विकल्प तयार नभइसकेको पनि बताए।
‘मलाई भन्न त साथीहरुले कति नेतृत्वमा बसेको महासचिव र अध्यक्षमा बसेको ३२र३३ वर्ष भइसक्यो भन्छन्,’ प्रचण्डले भने, ‘मलाई छिटो भन्दा छिटो छोड्न मन छ साँच्चै । छोडेर किताव लेख्न पाए अहिलेसम्म गरेको अनुभवको स्मरण लेख्थे भन्ने लाग्छ । तर, यस्सो छाँटकाँट हेर्छु बेला भएको छैन् भन्ने लाग्छ । आफ्नो अन्तरआत्माले मान्दैन ।’ यद्यपी उनले पार्टीमा आफ्नो हजारौं उत्तराधिकारी बन्दै गइरहेको विश्वास आफूलाई लागेको पनि बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ मंसिर २०७८, १५ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छ’: प्रचण्ड
‘जेन जी पुस्ता क्रान्तिकारी आन्दोलनका उत्तराधिकारी हुन्’-: प्रचण्ड
अखिल क्रान्तिकारी चितवनले गर्यो जेन जि आन्दोलनमाथि भएको दमनको निष्पक्ष छानबिन र न्यायको माग
जेनरेसन जेडको आवाज हाम्रो पनि आवाज हो, माओवादी मुलधारको पार्टी बन्छ : प्रचण्ड
अखिल (क्रान्तिकारी) चितवनका जिल्ला अध्यक्षमा इ. सुशिल कार्की (अब्दुल) चयन
जेनजीहरूको असली प्रतिनिधि पार्टी माओवादी केन्द्र हो: प्रचण्ड