हङकङविरुद्ध नेपाल टस हारेर ब्याटिङ गर्दै

सफल खबर संवाददाता

सोमबार, ०६ मंसिर २०७८, १२ : ०१
हङकङविरुद्ध नेपाल टस हारेर ब्याटिङ गर्दै

काठमाडौं । आईसीसी महिला टी-ट्वान्टी विश्वकप अन्तर्गत एसिया छनोटमा अहिले नेपाल र  हङकङ भिड्दै छन् । दुबईको आईसीसी क्रिकेट एकेडेमीमा हङकङले टस जितेर बलिङ गर्ने  निर्णय गरेको छ । यससँगै  नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । 

६ टोली सहभागी प्रतियोगितामा नेपाल पहिलो खेलमा जित निकाल्दै सुखद् सुरुवात गर्न चाहन्छ ।  हङकङसमेत पहिलो जित निकाल्न चाहन्छ । यस छनोटको विजेताले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् ।

छनोट अन्तर्गत नै नेपालले दोस्रो खेल भुटानविरुद्ध मंगलबार खेल्ने छ । तेस्रो खेलमा कुवेतविरुद्ध बिहीबार प्रतिस्पर्धा गर्नेछ । चौथो खेल शुक्रबार मलेसियासँग हुँदा पाँचौ खेल आयोजनक युएईविरुद्ध आइतबार हुनेछ । 

प्रतिक्रिया दिनुहोस