‘मर्निङ वाक’ मा जनताको घरदैलोमा पुग्छन् मन्त्री यादव

पत्रपत्रिकाबाट

सोमबार, ०६ मंसिर २०७८, ०८ : २५
‘मर्निङ वाक’ मा जनताको घरदैलोमा पुग्छन् मन्त्री यादव

विराटनगर । प्रदेश १ को समाजिक विकास मन्त्री जयराम यादव ‘घरदैलो’गर्न थालेका छन्। स्वास्थ रहन निरन्त गरिने  मर्निङ वाकको समयलाई सदुपयोग गर्ने भन्दै उनी विभिन्न टोल र बस्ती घुम्ने गरेका हुन्।  

बिहान ५ बजे घरबाट निस्किने उनी विभिन्न वडा घुम्ने गरेका छन्। केही अगुवा साथीसँग बस्तीमा गएर आफूले सम्हालेको मन्त्रालयले जनतालाई दिने सुविधाहरुको बारेमा बताउँदै आएका छन्। दैनिक १० किलोमिटरको पैदल दुरी तय गर्ने मन्त्री यादव दुईदेखि ३ दिनमा एउटा वडाको घरघरमा पुग्ने गरेको बताउँछन्।

बिहान घरबाट निस्किने उनले २ घण्टाभन्दा बढी समय दिएर प्रदेश सरकारले दिने सेवासुविधाबारे जनतालाई अवगत गराउने गरेका छन्। मैले जनतालाई प्रत्यक्ष भेटेर जनप्रतिनिधिले गर्ने काम र सरकारले गर्ने कामबारे जनतालाई अवगत गराउने गरेको छु।

‘कम्युनिष्टले सिंहदरवार केन्द्रित शासन जनताको घरमा पुर्‍याउने नारा मात्र दिए’, मन्त्री यादवले भने, ‘हामी व्यवहारिक रुपमा जनतालाई प्रत्यक्ष भेटेर महसुस गराउँदै छौं।म जानकारी दिनुको साथै कसरी प्राप्त उपलब्धी र अधिकारको अधिकतम लाभ दिने कुरासमेत जानकारी दिने गरेको छु।’ अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस