काठमाडौं । गृह मन्त्रालयका अनुसार सशस्त्र द्वन्द्वपीडित परिवारलाई २० अर्ब रूपैयाँभन्दा बढी रकम राहतका नाममा बाँडिसकिएको छ।
सरकारले द्वन्द्वका क्रममा मारिएका र बेपत्ता पारिएका व्यक्तिका हकदारलाई १० लाख पुग्नेगरी राहत दिइसकिएको जनाएको छ।जिल्ला प्रशासन कार्यालयहरूसँग समन्वय गरी रकम पठाएको गृह मन्त्रालयको विपत् व्यवस्थापन तथा द्वन्द्व व्यवस्थापन महाशाखाले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार मारिएका र बेपत्ता पारिएकाका हकदार १६ हजारलाई १० लाख रूपैयाँका दरले राहत दिइएको छ। राहतका नाममा के कति खर्च भयो भन्ने यकिन तथ्यांक भने मन्त्रालयले राख्न सकेको छैन। नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ०५ मंसिर २०७८, ०८ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सि चिनफिङको पुस्तक जलाउने घटनामा छानबिन गरी दोषीमाथि कारवाही गर्न गृहको निर्देशन
इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय
गृह मन्त्रालयको नियन्त्रण कक्षबाट देशभरको निर्वाचन सुरक्षा गतिविधि अनुगमन
निर्वाचनको सम्पूर्ण तयारी पूरा : गृह मन्त्रालय
विवादमा तानिँदै घन्टी पार्टी, वालेन्द्र साहको नागरिकता विवरणबारे छानबिन गर्न गृह मन्त्रालयमा उजुरी
निष्पक्ष र निर्भीक भई आचारसंहिता अनुगमन गर्न सहायक प्रजिअलाई गृह मन्त्रालयको निर्देशन