स्थानिय आमा समुहहरुलाई सक्रिय बनाउदै नेपाल जर्नी

प्रकाश सिग्देल

शुक्रबार, ०३ मंसिर २०७८, १६ : १९
स्थानिय आमा समुहहरुलाई सक्रिय बनाउदै नेपाल जर्नी

चितवन । नेपाल जर्नी संस्थाले भरतपुर महानगर ४ मा बनाउन लागेको नेपाल जर्नी अपागंमैत्रि पुस्तकालय शिलान्यास पछि स्थानिय आमा समुहहरु संग समिक्षा कार्यक्रम गरेको छ । यही २९ गते भब्य कार्यक्रमका बिच भरतपुर महानगर प्रमुख रेनु दाहाल बाट शिलान्यास गरेपछि २ गते स्थानिय ५० भन्दा बढि आमा दिदि बहिनिहरुको सहभागितामा समिक्षा कार्यक्रम सम्पन्न गरेको हो ।

स्थानिय आमा दिदि बहिनिहरुले आगामी दिनमा अझै प्रभावकारी रुपमा सहयोग र समन्वय गर्ने बचन दिएका छन । उनिहरुलाई नेपाल जर्नी संस्थाका अध्यक्ष प्रभावशाली महिला नेत्री नेपाल जर्नी पुस्तकालयको परिकल्पनाकार मौसमी श्रेष्ठले धन्यबाद पत्र समेत प्रदान गर्दै आगामी दिनमा थप सहयोग गर्न आग्रह गरीन । कार्यक्रममा संस्थाका सल्लाहकार एन आर एन एका पुर्व केन्द्रिय सहकोषाध्यक्ष सोमनाथ सापकोटालाई सम्मान पत्र समेत अध्यक्ष मौसमी श्रेष्ठले प्रदान गरीन ।

कार्यक्रममा निर्माण समिति सदस्य तेज नारायण खरेल, श्रीकृष्ण गिरी, स्थानिय टोल विकास संस्थाका अध्यक्ष नारायण सापकोटाले यो महान कामलाई पुर्णता दिन सबै लाग्नु पर्नेमा जोड दिए । कार्यक्रममा नेपाल जर्नी संस्थाका अध्यक्ष प्रकाश सिग्देलले सहजिकरण गरेका थिए । उपाध्यक्ष सुरज सेडाई, कोषाध्यक्ष रसुपिया,सदस्य नबिन श्रेष्ठ ,ईन्दु घिमिरे , अर्जुन चापागाई निर्माण समिति सदस्य प्रकाश थापा लगायतको सहभागिता रहेको थियो । चितवन फुडमार्टमा कार्यक्रम भएको थियो भने हल ब्यवसायी यमलाल भण्डारीले निशुल्क उपलब्ध गराएका थिए ।

प्रतिक्रिया दिनुहोस