काठमाडौँ । ग्लोबल आईएमई बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको आज (मंसिर २ गते, बिहीबार) बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णयअनुसार बैंकको पन्ध्रौँ वार्षिक साधारण सभा मंसिर २७ गते, सोमबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा बिहान १० बजेदेखि सुरू हुनेछ ।
सभामा बैंकको असोज २५ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७ र ७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.५ प्रतिशत नगद गरी कुल १३.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
त्यसैगरी, बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर १३ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, मंसिर १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ मंसिर २०७८, १८ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ग्लोबल आईएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट
ग्लोबल आईएमई बैंकको १८औं वार्षिकोत्सवको अवसरमा ३५ जनालाई छात्रवृत्ति प्रदान
सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजकमा ग्लोबल आईएमई बैंक
ग्लोबल आईएमई बैंकको लाभांश घोषणा