भुटान र भारतसँगको सीमामा चीनले बस्ती बसाल्यो

एजेन्सी

विहीबार, ०२ मंसिर २०७८, १० : १७
भुटान र भारतसँगको सीमामा चीनले बस्ती बसाल्यो

बेइजिङ । चीनले भुटानी भूमिमा एउटा बस्ती बसालेको छ । चीनको सैन्य विकासम्बन्धी एक विज्ञले सार्वजनिक गरेको स्याटलाइट तस्विरमा चीनले भारत र भुटानको सिमानजिकै १०० वर्ग किलो मिटर क्षेत्रमा नयाँ घरहरु बनाएको देखिएको हो ।  

सो क्षेत्र सन् २०१७ मा चीन र भारतीय सेना आमने सामने भएको क्षेत्र दोक्लामनजिक पर्छ । भुटानी भूमिमा नयाँ बस्ती निर्माणले भारत चिन्तित बनेको भन्दै उसले बषौंदेखि आफ्नो परराष्ट्र सम्बन्ध नीति समीक्षा गर्न दिएको सुझाव गम्भीरतापूर्वक नलिएको आरोप भारतीय सञ्चार माध्यमहरुले लगाएका छन् ।

भारतले भुटानी सेनालाई बारम्बार तालिम दिँदै आएको छ ।ती गाउँ सन् २०२० को मेदेखि सन् २०२१ को नोभम्बरसम्म निर्माण गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । 

 

प्रतिक्रिया दिनुहोस