नेपाल जर्नी अपाङमैत्री पुस्तकालयको शिलान्यास समारोहमा मात्रै ७० लाख संकलन, चितवन सहयोग समाज (CAT UK ) ले दियो १० लाख नगद

प्रकाश सिग्देल

बुधबार, ०१ मंसिर २०७८, ११ : १०
नेपाल जर्नी अपाङमैत्री पुस्तकालयको शिलान्यास समारोहमा मात्रै ७० लाख संकलन,  चितवन सहयोग समाज (CAT UK ) ले दियो १० लाख नगद

चितवन । नेपाल जर्नी अपागंमैत्री सार्वजनिक पुस्तकालय शिलान्यास समाहरोहमा मात्रै झन्डै ७० लाख रुपैया आर्थिक संकलन भएको छ ।१५ लाख वढि नगद र बाकि कबुल भएको नेपाल जर्नी संस्थाका अध्यक्ष प्रकाश सिग्देलले बताए ।

नेपाल जर्नी यू के टीम यादब श्रेष्ठ, राजु आर्चाय, विष्णु लामिछाने, खिमलाल गौतमको पहलमा चितवन सहयोग समाज (CAT UK) ले च्यारिटी कार्यक्रमबाट जम्मा गरेको रु १० लाख, नाटिंघम नेपाली समाज मार्फत रू १ लाख र जर्नी समुहबाट १ हजार डलर पुस्तकालय भवन निर्माणार्थ नगद आर्थिक सहयोग भई सकेको छ । कार्यक्रममा चितवन सहयोग समाज (CAT UK) का संस्थापक अध्यक्ष कपिल श्रेष्ठको उपस्थिती रहेको थियो ।

कार्यक्रममा (CAT UK) का अध्यक्ष रितेश पाण्डेले परियोजनाको सफलताको कामना गर्दै आगामी दिनहमा पनि सहयोग र साथ रहने बताएका छन । पुस्तकालय संचालन र व्यवस्थापनमा बेलायतमा रहेका संस्थाहरुको समन्वयमा स्किल ट्रान्र्सफर परियोजना मार्फत प्राबिधिक सहयोग उपलब्ध गराउन पहल गरिने , नेपाल जर्नी बेलायतका परियोजना संयोजक यादब श्रेष्ठले बताए । नारायणी माबिको २०४८ को एस एल सी गु्रपबाट २ लाख ५० हजार चेक प्राप्त भएको छ भने नेपाल जर्नी संस्थाकै कोडिनेटर ईन्दिरा अर्यालबाट १ लाख रुपैया सहयोग भएको छ । अर्जुन खड्का बाट १ लाख, डोलानाथ घिमिरे बाट २५ हजार, रमिला श्रेष्ठबाट १० हजार १ सय रुपैया, मन्जु सिंम्खडा बाट ५ हजार सहयोग उठेको छ ।

पुस्तकालयको शिलान्यास गर्दै महानगर प्रमुख रेनु दाहालले महानगरका तर्फबाट २५ लाख रुपैया सहयोग प्रदान गर्ने घोषाणा गरीन । कार्यक्रममा एनआरएनए अन्तराष्ट्रिय समन्वय समितिका सचिव गौरी जोशी, एनआर एनए अमेरिका अध्यक्ष बुद्धिसागर सुवेदीसहितको एनआरएनए अमेरिका टिमले ३० लाख रुपैयाँ सहयोग गर्ने बताईएको थियो ।

यो पुस्तकालय नेपालकै नमुना भब्य व्यवस्थित र बहु आयामिक हुने नेपाल जर्र्नी संस्थाकी अध्यक्ष तथा पुस्तकालयको परिकल्पनाकार मौसमी श्रेष्ठले बताईन । आफूले अमेरिकामा संस्था स्थापना गरी देशमा ७ वटा पुस्तकालय निर्माण गरिसकेको श्रेष्ठले बताईन ।

५ करोडको लागतमा २ वर्ष भित्र सक्ने गरी निर्माण हुन लागेको पुस्तकालय नेपालकै नमुना हुने आर्थिक व्यवस्थापन समिति अन्तराष्ट्रिय संयोजक राजिब श्रेष्ठले बताए ।मौसमी श्रेष्ठको परिकल्पनामा नेपाल र विदेशका दक्ष इन्जिनियरले डिजाइन गरेको पुस्तकालय भुइँतला र १ तला गरी ८ हजार इस्क्वाईर फिटमा निर्माण हुनेछ  ।

नेपाल जर्नी संस्थाको शैक्षिक परिकल्पना,अपांगमैत्री सार्बजनिक पुस्तकालय स्थापना भन्ने मूल मन्त्रका साथ निर्माण थालेको यो पुस्तकालयमा कम्प्युटर ल्याब, बुक सेक्सन, योग हल, वेटिङ कक्ष, अध्यान कक्ष, सेमिनार हल र अत्याधुनिक प्रोजेक्टरहरु लगायत विभिन्न युनिभर्सिटीका नयाँ तथा पुराना पुस्तकहरु हुनेछन । भवनमा एलिभेटरको माध्यमबाट सजिलै तलमाथि जान सकिनेछ । 

प्रतिक्रिया दिनुहोस