नक्क्ली मल बनाउने गरेको खुलासा

पत्रपत्रिकाबाट

मंगलबार, ३० कार्तिक २०७८, ०८ : ३२
नक्क्ली मल बनाउने गरेको खुलासा

काठमाडौं । कृषकले  रासायनिक  मल  नपाएर  हाहाकार भइरहेका  बेला  झापामा  नक्कली  मल  बनाइने  गरेको  फेला  परेको  छ। झापाको  कनकाई  नगरपालिका–३,  सुरुङ्गाका  तिलक  पौड्यालको  घरमा नक्कली मल बनाउँदै गरेको फेला परेको हो।

नुनमा  रातो  माटो  मिसाएर  बोरामा  नक्कली  पोटास  बनाई  बिक्रीका लागि  लैजान  ठिक्क  पारेको  १६  बोरा  तयारी  नक्कली  पोटास  र  बनाउँदै अवस्थाको मल भनिएको वस्तु र बनाउन प्रयोग गरिने पदार्थ बरामद भएको छ। 

केही  बोरा  भुइँमा  राखिएको  नुन  र  रातो  माटो,  बोरा  सिलाउने  सियो धागो र करिब ५० वटा खाली नुनका बोरा फेला परेको प्रहरीले जनाएको छ। त्यस्तै सुरुङ्गा बजारमा रहेको भट्टराई कृषि भण्डारमा बिक्रीका लागि राखिएको १३ बोरा नक्कली तयारी पोटाससमेत फेला परेको छ।

इलाका  प्रहरी  कार्यालय  सुरुङ्गाका  प्रमुख  प्रहरी  नायब  निरीक्षक मानबहादुर  जिम्बाको  नेतृत्वमा  गएको  प्रहरी  टोलीले  पौडेलको  घर पछाडिबाट  नक्कली  पोटास  बनाउँदै  गरेको  अवस्थामा  दसीसहित  फेला पारेको  हो।  सादा  पोसाकमा  गएको  प्रहरीलाई  देख्नासाथ  नक्कली  पोटास बनाउने चार जनाको समूह भागेको प्रहरीले जनाएको छ, गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस