मतदाता नामावली संकलन गर्नेे तयारी अन्तिम चरणमा

पत्रपत्रिकाबाट

आइतबार, २८ कार्तिक २०७८, ०८ : ५४
मतदाता नामावली संकलन गर्नेे तयारी अन्तिम चरणमा

सांकेतिक तस्वीर

काठमाडौं । मतदाता नामावली संकलन र व्यवस्थापन गर्ने निर्वाचन आयोगको तयारी अन्तिम चरणमा पुगेको छ । आयोगले १८ वर्ष पूरा भएका नेपाली नागरिकको मतदाता नामावलीमा समेट्न सो कार्य शुरु गर्न लागेको हो ।

छुटेका मतदाताको नाम संकलनका लागि स्थानीय तहमा अभियान सञ्चालन गर्ने तयारी भइरहेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए । आयोगले शुरूमा ७ सय ५३ स्थानीय तहका सबै वडास्तरमा गएर नामावली संकलन गर्ने योजना बनाएको थियो । तर समय, बजेट र आवश्यकतालाई समेत हेरी स्थानीय तहमा गएर नामावली संकलन गर्ने निर्णय गरिएको आयोगले जनाएको छ ।

यसका अतिरिक्त इलाका प्रशासन कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट हुने मतदाता संकलनसम्बन्धी कार्य हुने छ । यो दुवै कार्यका लागि तत्काल ११ करोड रुपियाँ निकासा गरिनुपर्ने प्रस्ताव अहिले अर्थ मन्त्रालयमा पुगेको छ ।

अर्थ मन्त्रालयले बजेट निकासा गर्नासाथ अभियान शुरु हुने आयोगले जनाएको छ । बजेट आउना साथ ७ सय ५३ ठाउँमा पठाउने जनशक्तिका लागि अभिमुखीकरण तालिम शुरु गर्ने भएको छ । नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस