भारतमा कोरोना सङ्क्रमितको संख्या तीन करोड ४४ लाख भन्दा बढी

एजेन्सी

शनिबार, २७ कार्तिक २०७८, १३ : ००
भारतमा कोरोना सङ्क्रमितको संख्या तीन करोड ४४ लाख भन्दा बढी

सिन्ह्वा । भारतमा गत २४ घण्टामा ११ हजार ८५० जना कोरोनाका नयाँ सङ्क्रमित थपिएपछि कोरोना कूल सङ्क्रमितको संख्या तीन करोड ४४ लाख २६ हजार ३६  पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शनिबार  जनाएको छ । 

यसैअवधीका कोरोनाको कारण ५५५ जनाको मृत्यु भएको थियो ।  यसैसँगै कोरोनाबाट हालसम्म ४ लाख ६३ हजार २४५ जना पुगेको सो मन्त्रालयले जनाइएको छ ।  भारतमा हाल एक लाख ३६ हजार ३०८ जना सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमितका यो संख्या २७४ दिनको सब भन्दा कम हो । 

गत २४ घण्टामा यहाँ १२ हजार ४०३ जना कोरोना मुक्त भएका छन् यसैसँग यहाँ कोरोना शुरु भएयता तीन करोड ३८ लाख २६ हजार ४३८ जना कोरोना मुक्त भएका छन् । 

प्रतिक्रिया दिनुहोस