काठमाडौं । नेपाली कांग्रेसले फेरि पनि महाधिवेशनको कार्यतालिका परिवर्तन नगरे आजको एक महिनापछि नयाँ नेतृत्व पाउँछ ।
कांग्रेसको नयाँ नेतृत्व चयन गर्न २४ देखि २६ मंसिरसम्म काठमाडौंमा १४औं महाधिवेशन तय भएको छ ।
कांग्रेसभित्र केन्द्रीय नेतृत्वका लागि वर्तमान सभापति शेरबहादुर देउवादेखि वरिष्ठ नेता रामचन्द्र पौडेल र तेस्रो धारको नेतृत्व गर्दै आइरहेका नेता कृष्णप्रसाद सिटौला हुँदै युवा नेता कल्याण गुरुङसम्म अघि सरेका छन् ।
सभापतिका लागि देउवाले नै नेतृत्व गर्दै आएको हालको संस्थापन समूहबाट मात्रै तीन जना आकांक्षी देखिएका छन् । देउवालाई हालका उपसभापति विमलेन्द्र निधिले चुनौती थपिदिएका छन् भने नेता गोपालमान श्रेष्ठ पनि मैदानमा उत्रने संकेत गरिरहेका छन् ।
यसले कांग्रेसभित्रको संस्थापन समूहमा पनि विभाजनको अवस्था देखाएको छ ।
यसैगरी, संस्थापन इतर समूहबाट पौडेलसँगै हालका महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता डा. शेखर केइराला र नेत्री सुजाता कोइरालाले सभापतिमा दाबी गर्दै आइरहेका छन् । यो समूहभित्र पनि एकल उम्मेदवार बन्ने अवस्था छैन । राजधानी दैनिक मा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, २६ कार्तिक २०७८, ०७ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्रियाशील सदस्यता वितरणका लागि काँग्रेसले खटायो ७७ जिल्लामा प्रतिनिधि (सूचीसहित)
काँग्रेसको क्रियाशील सदस्यता सम्बन्धी फेरि नयाँ तालिका सार्वजनिक
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?