सर्वाेच्चमा प्रहरी र वकिलबीच झडप : बारका महासचिवसहित पाँच जना घाइते

सफल खबर संवाददाता

विहीबार, २५ कार्तिक २०७८, १२ : १३
सर्वाेच्चमा प्रहरी र वकिलबीच झडप : बारका महासचिवसहित पाँच जना घाइते

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनमा उत्रिएका कानुन व्यवसायी र सुरक्षाकर्मीबीच झडप भएको छ । सो क्रममा चार जना कानुन व्यवसायी घाइते भएका नेपाल बार एसोसिएसनका पूर्व उपाध्यक्ष टीकाराम भट्टराईले जानकारी दिए । 

उनका अनुसार बारका महासचिव लिलामणि पौडेल,  पूर्वउपध्यक्ष कुमार शर्मा आचार्य, बार केन्द्रीय सदस्य प्रकाश महर्जन, पूर्वकेन्द्रीय सदस्य रमनकुमार कर्ण र उच्च अदालत पाटन बार सदस्य मुकुन्द भट्टराई सामान्य घाइते भएका हुन् । 

प्रधानन्यायाधीश जबराको राजीनामा मागेर सर्वाेच्च अदालतकै १९ जना न्यायाधीशहरूले अघोषित रूपमा इजलास बहिस्कार गर्दै आएका छन् भने नेपाल बार एसोसिएसन आन्दोलनमा उत्रिएको छ । 

सोही क्रममा बिहीबार धर्नामा रहेका कानुन व्यवसायी र सुरक्षाकर्मीबीच घम्साघम्सी परेको हो । आन्दोनरत कानुन व्यवसायी सर्वाेच्च अदालततर्फ अघि बढेपछि रोक्न खोज्दा प्रहरी र अधिवक्ताबीच घम्साघम्सी परेको हो । कार्यपालिकासँग भागबण्डा खोजेकोलगायतको आरोप लगाउँदै सर्वाेच्च अदालतकै १९ जना न्यायाधीश र बार आन्दोलनमा उत्रिएका हुन् ।

प्रतिक्रिया दिनुहोस