काठमाडौं । कांग्रेसको पाँचौँपटक तोकिएको १४औं महाधिवेशन आउन ठ्याक्कै एक महिना बाँकी छ। तर, उक्त मितिमा पनि महाधिवेशन हुनेमा कांग्रेस नेता विश्वस्त देखिनन्। सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा मात्र होइन, वरिष्ठ नेता रामचन्द्र पौडेल पनि महाधिवेशनबाट भागिरहेको नेताहरू बताउँछन्।
विश्लेषक पुरञ्जन आचार्य त्यसका दुई कारण रहेको बताउँछन्। पहिलो, गुटको व्यवस्थापनमा कठिनाइ। दोस्रो जित सुनिश्चित हुनेमा शंका। सभापति देउवाले महाधिवेशन सार्ने प्रस्ताव गर्दा वरिष्ठ नेता पौडेल पक्षले सहजै समर्थन जनाउनुले दुवै पक्ष महाधिवेशनबाट भागिरहेको देखाएको आचार्यको ठम्याइ छ।
‘सभापति (देउवा) मात्र हैन, पार्टीका अन्य शीर्ष नेताहरू पनि जित असुरक्षित देखेर महाधिवेशनबाट भागिरहेका छन्’, उनी भन्छन्, ‘सभापतिले महाधिवेशन सार्ने प्रस्ताव गर्दा अरू नेता चुप लागेर सहमति जनाउँछन्।’
पौडेल समूहका नेताले सभा÷समारोहमा गएर महाधिवेशन सार्न देउवाले षड्यन्त्र गरिरहेको आरोप लगाउने गरेका छन्। देउवाका अगाडि भने ‘रुझेको बिरालो’ बन्ने गरेको आचार्यको विश्लेषण छ।
महाधिवेशनको मिति नजिकिँदा पनि देउवा र पौडेल पक्षले ‘गुटको व्यवस्थापन’ गर्न सकेका छैनन्। देउवानिकट विमलेन्द्र निधि आफंै सभापतिको उम्मेदवार छन्। गोपालमान श्रेष्ठले सभापति पदमै उम्मेदवारी घोषणा गरेका छन्। निधि छुट्टै कित्तामा उभिँदा देउवालाई प्रत्यक्ष प्रभाव पर्ने नेताहरू बताउँछन्। आजको अन्नपुर्ण पोस्ट मा खबर छ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, २५ कार्तिक २०७८, ०८ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्रियाशील सदस्यता वितरणका लागि काँग्रेसले खटायो ७७ जिल्लामा प्रतिनिधि (सूचीसहित)
काँग्रेसको क्रियाशील सदस्यता सम्बन्धी फेरि नयाँ तालिका सार्वजनिक
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?