जनकपुरधाम । नेकपा माओवादी केन्द्रले प्रदेश २ का आठै जिल्लामा जिल्ला समन्वय समितिका संयोजक तोकेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा काठमाडौंमा बसेको प्रदेश पदाधिकारीको बैठकले सप्तरीमा उमेशकुमार यादव, धनुषामा दीपक यादव, महोत्तरीमा तुलसी ढुंगाना, सिरहामा रामकुमार यादव, सर्लाहीमा कमल बुढाथोकी, रौतहटमा देवेन्द्र पटेल, बारामा अनिल श्रेष्ठ र पर्सामा रामदरेश कुशवाहालाई संयोजक तोकेको हो ।
सप्तरी र सिरहाका संयोजक यादवद्वय पूर्वमन्त्री हुन् । सिरहा संयोजक बनेका यादव अहिले प्रदेश संसद पनि छन् । प्रदेश २ को एकमात्र महानगरपालिका वीरगञ्जको संयोजकमा रहबर अन्सारीलाई बनाउने निर्णय गरिएको छ । सर्लाहीको सहइन्चार्ज लोचन धिमाल र रामपृत राय एवं धनुषाका सहइन्चार्ज झल्कु यादवलाई दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ कार्तिक २०७८, १५ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै
माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु
माओवादी केन्द्रले आफ्नै उम्मेदवार उठाउने
सरकार अधिनायकवादतर्फ गयो: माओवादी केन्द्र
माओवादी केन्द्रले अब पार्टी कमिटीलाई श्रम तथा उत्पादन अभियानसँग जोड्ने