कोरोना सङ्क्रमण घट्दो क्रममा

रासस

शनिबार, २० कार्तिक २०७८, २० : ४२
कोरोना सङ्क्रमण घट्दो क्रममा

काठमाडौँ । पछिल्लो समयमा कोभिड–१९ को सङ्क्रमण घट्दो क्रममा रहेको छ । पछिल्लो २४ घन्टामा पीसीआर र एन्टिजेन विधिबाट कूल तीन हजार ९३२ को नमूना परीक्षण गर्दा १३९ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

CG Hills

योसँगै नेपालमा कूल सङ्क्रममितको सङ्ख्या आठ लाख १४ हजार ४१७ पुगेको छ । सो अवधिमा ६४९ सङ्क्रमणमुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या आठ हजार १४४ रहेको छ ।