आईसीसी टी २० विश्वकप क्रिकेट प्रतियोगिता

श्रीलंकाद्धारा वेष्टइन्डिज पराजित, समुह चरणबाट दुवै टिम बाहिरियो

एजेन्सी

शुक्रबार, १९ कार्तिक २०७८, ०८ : ३६
श्रीलंकाद्धारा वेष्टइन्डिज पराजित, समुह चरणबाट दुवै टिम बाहिरियो

एजेन्सी ।  आईसीसी टी २० विश्वकप क्रिकेट प्रतियोगितामा श्रीलंकाले दोस्रो जित हात पारेको छ । यूएईको आबुधाबीमा बिहीबार राति भएको सुपर १२ अन्तर्गतको पाँचौ खेलमा साविक विजेता वेस्ट इन्डिजलाई २० रनले हराउँदै श्रीलंकाले दोस्रो जित निकालेको हो ।

श्रीलंकाले वेष्ट इन्डिजलाई १९० रनको लक्ष्य दिएको थियो । वेस्ट इन्डिजले ८ विकेट गुमाउँदै १६९ रन मात्रै बनायो । वेस्ट इन्डिजका सिमरोन हिटम्यानले सर्वाधिक ८१ रन बनाएका थिए । तर उनी एक्लैको यो स्कोरले वेस्ट इन्डिजको हार टार्न सकेन । श्रीलंकाका वानिन्दु सिल्भा, विनुरा फर्नान्डो र चमिका करुणारत्नेले दुईरदुई तथा दुसमन्था चमिरा र दासुन सनकाले एक–एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभर खेल्दै तीन विकेट गुमाएर १८९ रन बनाएको थियो । श्रीलंकाका लागि चरिथ असालांकाले ६८ रनको बनाए भने पाथुम निसांकाले ५१ रनको योगदान गरे । वेस्ट इन्डिजका आन्द्रे रसेलले दुई र ड्वायन ब्राभोले एक विकेट लिए ।

श्रीलंकासँग पराजित भएको वेष्ट इन्डिज समूह चरणबाटै बाहिरिएको छ । चार खेल खेलको वेष्ट इन्डिजले एक खेलमात्रै जितेको छ । बाँकी एक खेल जिते पनि वेष्ट इन्डिजको अघिल्लो चरणको सम्भावना सकिएको छ ।
 

प्रतिक्रिया दिनुहोस