प्रदेश नं १ मा ५४ जनामा कोरोना सङ्क्रमण

रासस

विहीबार, १८ कार्तिक २०७८, २२ : ०९
प्रदेश नं १ मा ५४ जनामा कोरोना सङ्क्रमण

काठमाडौं । गएको २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ५४ जनामा कोरोना सङ्क्रमण भएको छ ।

सो सङ्क्रमण २३० जनाको पीसीआर परीक्षण गर्दा ५३ र ३९ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । पीसीआर परीक्षणका आधारमा झापामा २४, मोरङमा १६, सुनसरीमा १०, इलाममा एक र प्रदेश बाहिरका दुई जनामा सङ्क्रमण देखिएको हो । 

पालिका अनुसार झापाको दमकमा छ, विर्तामोडमा पाँच, भद्रपुर, कनकाई, शिवसताक्षी र बुद्धशान्तिमा दुई, गौरादह, अर्जुनधारा, बाह्रदशी र कमल र झापा गाउँपालिकामा एक÷एक, मोरङको विराटनगरमा १२, उर्लाबारीमा दुई, बूढीगङ्गा र सुन्दरहरैचामा एक÷एक, सुनसरीको इटहरीमा पाँच, इनरुवामा तीन, रामधुनी र धरानमा एक÷एक, इलामको चुलाचुलीमा एक र प्रदेश बाहिरका दुई जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । 

प्रदेशमा आजै ३३ महिलासहित ६७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने एक जना महिलाको  मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस