प्रदेश नं १ मा ८० जनामा कोरोना सङ्क्रमण

रासस

मंगलबार, १६ कार्तिक २०७८, २१ : ५८
प्रदेश नं १ मा ८० जनामा कोरोना सङ्क्रमण

काठमाडौँ । गएको २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । चार सय ८७ जनाको पीसीआर परीक्षण गर्दा ७७ र ८१ जनाको एन्टिजेन परीक्षण गर्दा तीन जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

पीसीआर परीक्षणका आधारमा झापामा २९, मोरङमा २३, सुनसरीमा १९, सङ्खुवासभा, इलाम, तेह्रथुम र ओखलढुङ्गामा एक÷एक र प्रदेश बाहिरका दुई जनामा सङ्क्रमण देखिएको हो । प्रदेशमा आजै ३५ महिलासहित ६८ जना कोरोना सङ्क्रमणमुक्त  भएका छन् ।

प्रतिक्रिया दिनुहोस