प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राईले लिए शपथ, ६ सदस्यीय मन्त्रिपरिषद् गठन

सफल खबर संवाददाता

मंगलबार, १६ कार्तिक २०७८, १६ : १४
प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राईले लिए शपथ, ६ सदस्यीय मन्त्रिपरिषद् गठन

विराटनगर । नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले ६ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीबाट मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहणलगत्तै राईले ६ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन् । 

नवगठित मन्त्रिपरिषद्मा जनता समाजवादी पार्टीका नेता जयराम यादवले सामाजिक विकास मन्त्रालय, नेपाली काँग्रेसका प्रमुख सचेतक केदार कार्कीले आन्तरिक मामिला तथा कानुन मन्त्रालय र उपनेता हिमाल कार्कीले भौतिक पूर्वाधार विकास मन्त्रालय र माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोले आर्थिक मामिला मन्त्रालय र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सांसद विष्णुमाया तुम्बाहाङ्फेले सामाजिक विकास राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् । 

नवनियुक्त मन्त्रीको शपथ ग्रहण हुँदै छ । 

प्रदेश -१ का नेकपा एमालेका सांसद भीमप्रसाद आचार्यले सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेसँगै प्रदेश प्रमुख अधिकारीले रकार गठनका लागि दाबी पेस गर्न मंगलबार १ बजेसम्मका लागि समय दिएका थिए ।त्यसपछि  तत्काल पाँच दलीय गठबन्धन दलको समर्थनमा नेकपा (एकीकृत समाजवादी)का नेता राईको नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख अधिकारीलाई दावी पेस गरेको पत्र बुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस