गण्डकीमा ३४ कोरोना सङ्क्रमणमुक्त

रासस

सोमबार, १५ कार्तिक २०७८, २१ : ४५
गण्डकीमा ३४ कोरोना सङ्क्रमणमुक्त

काठमाडौं । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ३४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यस अवधिमा २३ सङ्क्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । थपिनेमा कास्कीका नौ, स्याङ्जाका आठ, तनहुँका दुई तथा नवलपरासीपूर्व, लमजुङ, गोरखा र म्याग्दीका एक÷एक जना छन् । 

यस अवधिमा पोखरा महानगरपालिका–२६ का ५६ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्र गण्डकी प्रदेशका संयोजक नवराज शर्माले जानकारी दिए ।

उनका अनुसार निजसँगै प्रदेशमा कोरोना सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या एक हजार ३९६ पुगेको छ । निर्देशनालयको तथ्याङ्कअनुसार प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या ५२५ जना र होम आइसोलेशनमा ४२१ जना रहेका छन् । 

प्रतिक्रिया दिनुहोस