नेपाली र अमेरिकी सेनाबीच सैन्य अभ्यास आजबाट सुरु

सफल खबर संवाददाता

सोमबार, १५ कार्तिक २०७८, १५ : ४२
नेपाली र अमेरिकी सेनाबीच सैन्य अभ्यास आजबाट सुरु

काठमाडौं । नेपाली र अमेरिकी सेनाबीच छाउनीस्थित रेन्जर गणमा सोमबारबाट सैन्य अभ्यास सुरु भएको छ । आजबाट नेपाली सेना र अमेरिकी सेनाबीच ‘टीक नेल’नामक सैन्य अभ्यास सुरु भएको हो ।

उक्त सैन्य अभ्यासको सुभारम्भ नेपाली सेनाको विशेष फौज बाहिनीका बाहिनीपति सहायक रथी ध्रुव प्रकाश शाहले गरेका छन् । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार समारोहमा नेपालस्थित अमेरिकी दूतावासका ‘अफिस अफ डिफेन्स को–अपरेशन (ओडीसी) का प्रमुखलगायतका सैन्य अधिकारीहरु उपस्थित थिए ।

सैन्य अभ्यास मंसिर १४ सम्म चल्ने जनाइएको छ । नेपाली सेनाका ५० र अमेरिकी सेनाका २० जना विशेष फौजले सैन्य अभ्यासमा सहभागिता रहेको छ ।सैन्य अभ्यास काठमाडौं, पोखरा र अन्नपूर्ण वेश क्याम्पमा हुनेछ।

प्रतिक्रिया दिनुहोस