प्रधानन्यायाधीश जबराविरुद्ध कालोपट्टी बाँधेर आन्दोलन

सफल खबर संवाददाता

आइतबार, १४ कार्तिक २०७८, १० : ५७
प्रधानन्यायाधीश जबराविरुद्ध कालोपट्टी बाँधेर आन्दोलन

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध चरणवद्ध आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसन नेपालले कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेको छ ।

गत शुक्रबार बसेको बारको कार्यसमिति बैठकले विरोधका कार्यक्रम सार्वजनिक गर्दै जबरालाई राजीनामा दिन पाँच दिने अल्टिमेटम दिएको थियो । आगामी मंगलबारसम्म प्रत्येक दिन बिहान १० बजेदेखि ११ बजेसम्म सर्वोच्च अदालतमा कालोपट्टी बाँधी बारले विरोध कार्यक्रम गर्ने निर्णय गरेको छ । 

बारका महासचिव लीलामणि पौडेलले तिहार बिदासम्म पनि राजीनामा नआए थप आन्दोलनका कार्यक्रम घोषणा हुने बताएका छन् । प्रधानन्यायाधीशबाट विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको, न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेकोले राजीनामा मागिएको हुँदा जबरालाई इजलासमा नबस्न पनि बारले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस