लुम्बिनी प्रदेशसभामा एमालेको अवरोध

सफल खबर संवाददाता

विहीबार, ११ कार्तिक २०७८, १४ : ३३
लुम्बिनी प्रदेशसभामा एमालेको अवरोध

बुटवल । लुम्बिनी प्रदेशसभामा एमालेका सांसदहरूले नाराबाजी गरिरहेका छन् । प्रदेशसभाको बिहीबारको बैठकमा एमालेका सांसदहरू रोष्ट्रमअगाडि उभिएर नाराबाजी गरिरहेका हुन् । 

CG Hills

स्वच्छचारी मुर्दावाद, संसदीय सर्वाेच्चता कायम गरौँजस्ता नारा लगाएर उनीहरूले बैठकमा अवरोधमा सृजना गरिरहेका छन् । 

माओवादी केन्द्रका नेता कुलप्रसाद केसी मुख्यमन्त्री भएदेखि एमालेले संसद् चल्न दिएको छैन । माओवादी केन्द्रमा लागेका आफ्ना दुई सांसदलाई निलम्बन नगरेको भन्दै एमालेले संसद् अवरोध गर्दै आएको हो ।

प्रतिक्रिया दिनुहोस