यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

सफल खबर संवाददाता

विहीबार, ११ कार्तिक २०७८, १२ : ०९
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । आज बिहीबार एक अमेरिकी डलरको बिक्री मूल्य १२०.३५ र खरिद मूल्य ११९.७५ रुपैयाँ कायम भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय तोक्दै अमेरिकी डलरको भाउ कायम गरेको हो ।

यस्तै, एक युरोको बिक्री मूल्य १३९.५० रुपैयाँ कायम हुँदा खरिद मूल्य १३८.८० रुपैयाँ कायम भएको छ । पाउण्डको बिक्री १६५.२८ रुपैयाँमा भइरहँदा १६४.४५ रुपैयाँमा खरिद भइरहेको केन्द्रीय बैंकले जानकारी दिएको छ । 

सिंगापुर डलर किन्दा सर्वसाधारणले ८९.१५ रुपैयाँ तिर्नुपर्छ भने बेच्दा ८८.७१ रुपैयाँ पाउँछन् । यस्तै, १० जापानी येन किन्दा १०.५८ रुपैयाँ तिर्नुपर्छ भने बेच्दा १०.५३ रुपैयाँ पाउने केन्द्रीय बैंकको भनाइ छ । यस्तै, चिनियाँ युवानको बिक्री दर १८.८२ रुपैयाँ ताथ खरिद दर १८.७३ रुपैयाँ, साउदी रियालको बिक्री दर ३२.०९ र खरिद दर ३१.०९ रुपैयाँ तोकिएको छ । यता कतारी रियालको बिक्री ३३.०५ रुपैयाँ हुँदा खरिद दर ३२.८९ रुपैयाँ कायम छ ।

संयुक्त अरब इमिरेट्सको दिरामको बिक्री मूल्य ३२.७६ र खरिद दर ३२.६० तथा मलेसियन रिंगटको बिक्री २८.९७ र २८.८२ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस