शहरी विकास मन्त्री झाँक्री अस्वस्थ, वीर अस्पताल भर्ना

सफल खबर संवाददाता

विहीबार, ११ कार्तिक २०७८, ११ : ५६
शहरी विकास मन्त्री झाँक्री अस्वस्थ, वीर अस्पताल भर्ना

काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्री अस्पताल भर्ना भएकी छन् । स्वास्थ्यमा समस्या आएपछि बुधबार साँझ उनी वीर अस्पतालमा भर्ना भएको पारिवारिक स्रोतले बतायो । 

उनी मौसमी ज्वरोका कारण अस्पताल भर्ना भएकी हुन् । उनमा निमोनियाको लक्षण देखिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस