काठमाडौं । बैंकको रकम हिनामीना गरेको आरोपमा सिन्धु विकास बैंक काभ्रे दोलालघाटका शाखाप्रमुख सुमन खरेल प्रक्राउ परेका छन्। खरेल काभ्रे भुम्लु गाउँपालिका ८ का बासिन्दा हुन्।
उक्त बैंकको दोलालघाट शाखाले दैनिक रुपमा संकलन हुने कारोबारबाट जम्मा भएको मौज्दात रकम एनसीसी बैंक सिन्धुपाल्चोकमा बाह्रविसे शाखामा रहेको आफ्नो खातामा जम्मा गर्ने गर्दथ्यो।
रकम जम्मा गर्ने जिम्मेवारी पाएका शाखा प्रमुख खरेलले पछिल्लो समय बैंकमा जम्मा भएको १ करोड ७९ लाख ९० हजार ८५५ रुपैयाँ सिन्धु बैंकको खातामा जम्मा नगरी हिनामिना गरेका छन्। यो रकम सिन्धु विकास वैक दोलालघाट शाखामा २०७७ सालदेखी मौज्दात थियो।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ‘सिआइबी’को टोलीले खरेललाई काभ्रेबाट प्रक्राउ गरेको छ। सिविआइका प्रवक्ता श्यामकुमार महतोका अनुसार खरेलले उक्त रकम बैंकको खातामा जम्मा नगरी रकम निकाली आफूले अपचलन गरेका थिए।
बैंकको रकम हिनामिना गरेकाले खरेलविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐन २०६४ अन्तरगत आवस्यक कानुनी कारवाही भैरहेको छ। उनलाई उच्च अदालत पाटनबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १० कार्तिक २०७८, ०८ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ २०८३ सालमा बैंक खुल्ने समय र विदाको सूची
बैंकिङ कसुरमा प्रभु बैंकका फाइनान्स विभाग प्रमुख पक्राउ
चितवनमा बैंक खाता खोल्न ३९ ले सिफारिस लिए, २१ जनाले खोले
माघ महिनाका लागि पनि घट्यो बैंकहरूको ब्याजदर, कुनमा कति ?
तरलता व्यवस्थापन गर्न २५ अर्बको ऋणपत्र निष्कासन गर्दै राष्ट्र बैंक
सिन्धुलीमा कर्मचारीलाई बाँधेर बैंक लुटपाट, स्थानीयले भेटे बोरामा पैसा