काठमाडौं । बैंकको रकम हिनामीना गरेको आरोपमा सिन्धु विकास बैंक काभ्रे दोलालघाटका शाखाप्रमुख सुमन खरेल प्रक्राउ परेका छन्। खरेल काभ्रे भुम्लु गाउँपालिका ८ का बासिन्दा हुन्।
उक्त बैंकको दोलालघाट शाखाले दैनिक रुपमा संकलन हुने कारोबारबाट जम्मा भएको मौज्दात रकम एनसीसी बैंक सिन्धुपाल्चोकमा बाह्रविसे शाखामा रहेको आफ्नो खातामा जम्मा गर्ने गर्दथ्यो।
रकम जम्मा गर्ने जिम्मेवारी पाएका शाखा प्रमुख खरेलले पछिल्लो समय बैंकमा जम्मा भएको १ करोड ७९ लाख ९० हजार ८५५ रुपैयाँ सिन्धु बैंकको खातामा जम्मा नगरी हिनामिना गरेका छन्। यो रकम सिन्धु विकास वैक दोलालघाट शाखामा २०७७ सालदेखी मौज्दात थियो।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ‘सिआइबी’को टोलीले खरेललाई काभ्रेबाट प्रक्राउ गरेको छ। सिविआइका प्रवक्ता श्यामकुमार महतोका अनुसार खरेलले उक्त रकम बैंकको खातामा जम्मा नगरी रकम निकाली आफूले अपचलन गरेका थिए।
बैंकको रकम हिनामिना गरेकाले खरेलविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐन २०६४ अन्तरगत आवस्यक कानुनी कारवाही भैरहेको छ। उनलाई उच्च अदालत पाटनबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १० कार्तिक २०७८, ०८ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आन्दोलनबाट बैंकका ६८ कार्यालयमा क्षति, बैंकिङ सिस्टममा समस्या नरहेको गभर्नरद्वारा जानकारी
एक दर्जन बैंकले बढाए खराब कर्जा, कुनकाे कति ?
बैंकहरुको निर्णय : आजदेखि मुद्दती निक्षेपको ब्याजदर झन् घट्यो
बैंकहरूको नाफा १.४ प्रतिशत मात्रै बढ्यो, कसको कति ?
बैंकहरूको नाफा ४.६ प्रतिशत घट्यो, कसले कमाए कति ?
सहकारी संस्थाले बैंकबाट ऋण लिन पाउने