काठमाडौं । दशैं सकिएपछि वाणिज्य बैंकहरूको निक्षेप अनपेक्षित रूपमा घटेको छ । दशैंपछि अर्थात् कात्तिकको पहिलो साता वाणिज्य बैंकहरूको कुल निक्षेप नै झन्डै २० अर्बले घटेको छ ।
नेपाल बैंकर्स संघबाट प्राप्त तथ्यांकअनुसार कात्तिकको पहिलो साता कुल निक्षेप नै रू। १९ अर्ब ५२ करोडले घटेको छ । गत असोज मसान्तसम्म बैंकहरूसँग कुल ४२ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप थियो । तर, कात्तिक ५ गतेसम्म आउँदा त्यो घटेर ४२ खर्ब ४९ अर्बमा सिमित भएको छ । दशैंपछि बैंकहरूमा थप नयाँ निक्षेप नआएको देखिएको छ ।
दशैंअघि सर्वसाधारणले खर्चको जोहो गर्न बैंकबाट पैसा झिक्ने गर्छन् । दशैं सकिएपछि भने खर्च गरेर बाँकी रहेको पैसा, दक्षिणाबापत आएको पैसा बैंकमा नै जम्मा गर्ने गरिन्छ । यसै आधारमा दशैंपछि निक्षेप संकलन बढ्ने बैंकहरूको अपेक्षा थियो । तर, उल्टो भएको कुल निक्षेप नै घटेको छ ।
असोजयता बैंकहरूको निक्षेप उत्साहपूर्ण रूपमा नै बढेको थियो । तर, कात्तिकमा आएर त्यसमा ब्रेक लागेको छ । सरकारले खर्च नगर्दा असोजको पहिलो सातासम्म निक्षेप संकलन हुन सकेको थिएन । अहिले सरकारले खर्च गर्न शुरू गरेसँगै निक्षेप पनि बढ्न थालेको थियो । तर, कात्तिकमा आएर सरकारको खर्च पनि घटेको छ । आर्थिक अभियानमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १० कार्तिक २०७८, ०७ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यी ९ बैंकले घटाए ब्याजदर, कुनको कति ?
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ २०८३ सालमा बैंक खुल्ने समय र विदाको सूची
बैंकिङ कसुरमा प्रभु बैंकका फाइनान्स विभाग प्रमुख पक्राउ
चितवनमा बैंक खाता खोल्न ३९ ले सिफारिस लिए, २१ जनाले खोले
माघ महिनाका लागि पनि घट्यो बैंकहरूको ब्याजदर, कुनमा कति ?