सुदूरपश्चिममा थप १४ जनामा कोरोना सङ्क्रमण

रासस

मंगलबार, ०९ कार्तिक २०७८, २१ : ३९
सुदूरपश्चिममा थप १४ जनामा कोरोना सङ्क्रमण

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय थप  १४  जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । 

विगत २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट  ७५७  जनाको नमूना परीक्षण गरिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

तेह्र जनामा आरटी पीसीआर र एक जनामा एन्टीजेन विधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो । पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा १० र महाकाली अस्पतालमा तीन जनामा सङ्क्रमण पुष्टि भएको हो । एन्टीजेन विधिमार्फत दार्चुलामा एक जनामा सङ्क्रमण देखिएको हो ।  

यस्तै सोही अवधिमा प्रदेशभर पाँच जना कोरोनाबाट मुक्त भएका छन्, भने प्रदेशमा सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । कञ्चनपुरकी ५० वर्षीया महिलाको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा कोरोनाबाट मृत्यु भएको हो । यसअघि प्रदेशमा सोमबार १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।   

प्रतिक्रिया दिनुहोस