कोरोना अपडेट : थप ६६६ जनामा संक्रमण पुष्टि, ११ जनाको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, ०९ कार्तिक २०७८, १६ : १३
कोरोना अपडेट : थप ६६६ जनामा संक्रमण पुष्टि, ११ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ६६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

CG Hills

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ९ हजार ७७१ र एन्टिजेन विधिबाट २ हजार २४९ जनामा परिक्षण गर्दा ६६६ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख १० हजार २९८ र एन्टिजेनबाट ९४ हजार २१५ जना पुगेको छ ।  

यस्तै, आज थप ६२२ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ८८ हजार ६३० जना पुगेको छ । निको हुने दर ९७.३ प्रतिशत रहेको छ ।   

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ३७२ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार २९६ रहेको छ । 

प्रतिक्रिया दिनुहोस