फाइजर खोप कात्तिक २८ गतेदेखि लगाउन सुरु गरिने

सफल खबर संवाददाता

मंगलबार, ०९ कार्तिक २०७८, ११ : ५४
फाइजर खोप कात्तिक २८ गतेदेखि लगाउन सुरु गरिने

काठमाडौं । अमेरिकाबाट कोभ्याक्स सुविधाअन्तर्गतको फाइजर खोप नेपालमा आइपुगेको छ । नेपाल आइपुगेको एक लाख भन्दा बढी डोज फाइजर खोप कात्तिक २८ गतेदेखि गते लगाउन सुरु गरिने भएको छ ।

नेपालमा पहिलो पटक आएको खोप १२ देखि १८ वर्ष उमेर समुहका बालबालिकालाई खोप लगाइने भएको हो । देशभरका २४ विशेषज्ञ सेवा उपलब्ध भएका ठूला अस्पतालबाट खोप दिने कार्यक्रम तय गरिएको छ ।

काठमाडौं उपत्यकाभित्र नौ र बाहिर १५ गरी २४ वटा अस्पतालमा खोप केन्द्र तोकिएको बताइएको छ । यसअघि खोप लगाउन छुटेका १८ वर्षमाथिका दीर्घरोगीलाई पनि खोप दिइने छ ।

सरकारले १२ देखि १८ वर्ष उमेर समुहका बालबालिकालाई फाइजर र मोडर्ना खोप लगाउने निर्णय गरेको छ। त्यसका लागि सरकारले फाइजर कम्पनीसँग ६० लाख डोज र कोभ्याक्स सविधामार्फत कस्ट सेयरिङमा ४० लाख डोज खोप खरीदका लागि सम्झौता गरिसकेको छ। फाइजर खोप डिसेम्बर अन्तिमसम्म तथा सन् २०२२ को सुरुवातमा आइपुग्ने भनिएको छ।

प्रतिक्रिया दिनुहोस