१८ वर्षमाथि उमेर समूहलाई एस्ट्राजेनेका खोपको दोस्रो मात्रा आजदेखि लगाइँदै

सफल खबर संवाददाता

मंगलबार, ०९ कार्तिक २०७८, ११ : २०
१८ वर्षमाथि उमेर समूहलाई एस्ट्राजेनेका खोपको दोस्रो मात्रा आजदेखि लगाइँदै

काठमाडौं । कोरोनाभाइरस विरुद्धको एस्ट्राजेनेकाको दोस्रो मात्रा खोप मंगलबारदेखि लगाइदैछ । काठमाडौंका ८ वटा स्थानीय तहमा १८ वर्षमाथि उमेर समूहलाई दोस्रो मात्रा आजबाट दिन लागिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार काठमाडौं महानगरपालिका अन्र्तगत नेपाल प्रहरी अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, वीर अस्पताल, परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल र निजामती कर्मचारी अस्पतालबाट खोप दिइनेछ । यी अस्पतालमा दुई दिनसम्म खोप दिइने छ ।

यस्तै, कीर्तिपुर नगरपालिका, चन्द्रागिरि नगरपालिका, नागार्जुन नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, तारकेश्वर नगरपालिका, टोखा नगरपालिका र गोकर्णेश्वर नगरपालिका स्थानीय तहका खोप केन्द्रमा आजदेखि तीन दिनसम्म अभियान सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस