काठमाडौं । नेपाल राष्ट्र बैंकले तीनवटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । निर्देशनविपरीत काम गरेको भन्दै नेपाल बंगलादेश बैंक, प्रभु बैंक र हिमालयन बैंकलाई कारबाही गरेको हो ।
राष्ट्र बैंकले अनिवार्य मौज्दात कायम नगरेको, विपन्न वर्ग कर्जा पर्याप्त प्रवाह नगरेको, प्राथमिकता प्राप्त कर्जा पर्याप्त प्रवाह नगरेको र सिसिडी अनुपात कायम नगरेकाले कम्पनीहरुलाई कारबाही गरेको जनाएको छ ।
राष्ट्र बैंकले बंगलादेश बैंकलाई ३० हजार, प्रभु बैंकलाई ३५ हजार र हिमालयन बैंकलाई दुईपटक गरी कुल ३० हजार २१ रुपैयाँ जरिवाना गरेको छ ।त्यसैगरी, केन्द्रीय बैंकले गैरस्थलगत निरीक्षणको आधारमा विभिन्न फाइनान्स कम्पनीलाई पनि जरिवाना तिराएको छ । राष्ट्र बैंकले फाइनान्स कम्पनीलाई कुल निक्षेपको पाँच प्रतिशत राष्ट्र बैंकमा अनिवार्य जम्मा गर्नुपर्ने व्यवस्था गरेकोमा सो नगरेकाले जरिवाना तिराएको हो ।
राष्ट्र बैंकले समृद्धि फाइनान्सलाई पहिलोपटक एक सय ३८ रुपैयाँ २७ पैसा, गुडवील फाइनान्सलाई भदौमा अनिवार्य मौज्दात कायम नपरेबापत दुई हजार आठ सय सात रुपैयाँ ९९ पैसा जरिवाना तिराइएको छ ।
त्यस्तै, सिटी एक्सप्रेस फाइनान्सलाई दुई लाख ५९ हजार सात सय ५१ रुपैयाँ, जानकी फाइनान्सलाई ३१ लाख ९२ हजार तीन सय आठ रुपैयाँ पर्याप्त विपन्न वर्ग कर्जा प्रवाह नगरेकाले जरिवाना तिराइएको छ ।
त्यस्तै, राष्ट्र बैंकले विपन्न वर्गको कर्जा पर्याप्त प्रवाह नगरेकोमा ललितपुर फाइनान्सलाई सात लाख ११ हजार (प्रथम त्रैमास),ललितपुर फाइनान्सलाई ६ लाख ६७ हजार (दोस्रो त्रैमास) र ललितपुर फाइनान्सलाई ६ लाख ७८ हजार (तेस्रो त्रैमास) जरिवाना गरेको हो । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, ०९ कार्तिक २०७८, ०७ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चुनावी खाता खोल्ने प्रबन्ध मिलाउन राष्ट्र बैंकको निर्देशन
राष्ट्र बैंकले एक वर्षका लागि २० अर्बको ऋणपत्र निष्कासन गर्दै, बोलकबोल आजै
व्यावसायिक कर्जा विलासिता प्रयोग नगर्न राष्ट्र बैंकको अनुरोध
बजारबाट २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
‘उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छ’: राष्ट्र बैंक
उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छ: राष्ट्र बैंक