काठमाडौं । निर्वाचन आयोगले सरकारसँग मतदाता नामावली व्यवस्थापन शीर्षकमा ३० करोड रुपैयाँ माग गरेको छ । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा आयोगले मतदाता नामावली व्यवस्थापन गर्ने प्रयोजनका लागि ३० करोड रुपैयाँ माग गरेको हो । आयोगले मतदाता नामावली व्यवस्थापन गर्ने कार्य छठलगत्तै सुरु गर्ने योजना बनाएको छ ।
यस्तै आयोगले अब नयाँ कानुनअनुसार चुनाव गर्ने प्रस्ताव पनि गरेको छ । त्यसका लागि विभिन्न ९ वटा कानुनलाई ३ वटा कानुनमा समेटेर कानुन परिमार्जन गर्नेगरी ड्राफ्ट तयार पार्ने प्रक्रिया सुरु भएको आयोगले जनाएको छ । त्यसका लागि मन्त्रिपरिषद्को सैद्धान्तिक सहमतिको जरुरी हुन्छ । मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएपछि यो कार्यले गति लिने आयोगको भनाइ छ ।
निर्वाचनलाई ‘आईटी बेस’ मा लैजान आयोगको आग्रह
निर्वाचन आयोगले निर्वाचन प्रक्रियालाई प्रविधिमैत्री बनाउनका लागि आवश्यक पहलकदमी लिन सरकारको ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग सोमबार बालुवाटारमा भएको छलफलका क्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनलाई ‘आईटी बेस’ मा लैजान सरकारको ध्यानाकर्षण गराएका हुन् ।
परम्परागत मतदान प्रणालीलाई हटाएर समयानुकुल प्रविधिमैत्री संरचनामा गइनुपर्ने उनको धारणा थियो । जसअनुसार आयोगले विद्युतीय मतदानमा जोड दिएको छ भने त्यसका लागि भोटिङ मेसिनदेखि मतगणना यन्त्रलगायतको खरिदमा लाग्नुपर्ने बताएको छ ।
प्रविधिलाई अनुसरण गर्दा अहिले औठा छापमात्रै लिने प्रचलन रहेकामा यसलाई बृहत बनाइने समग्र निर्वाचनलाई नै छिटो पारदर्शी बनाउनेबारेमा आयोगले जोड दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ कार्तिक २०७८, १६ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन आयोगले पुनः सुरु गर्यो मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य
राष्ट्रिय दलको मान्यता पाउन संघमा तीन प्रदेशको प्रतिनिधित्व हुनुपर्ने प्रस्ताव
मंसिर २३ गतेबाट मतदाता नामावली दर्ताको काम सुरु गर्ने आयोगको निर्णय
३७ सीटको मतगणना सम्पन्न, कुन पार्टीले कति जिते ? (सूचीसहित)
कीर्तिपुर र काठमाडौं-१६ मा निर्वाचन आयोगले खटायो अनुगमन टोली
उपनिर्वाचनको पर्यवेक्षणका लागि ९ संस्थालाई अनुमति