नेप्सेमा लगातार हरियाली, सोमबार ८७.६३ अंकले बढ्यो

सफल खबर संवाददाता

सोमबार, ०८ कार्तिक २०७८, १५ : १७
नेप्सेमा लगातार हरियाली, सोमबार ८७.६३ अंकले बढ्यो

काठमाडौं । पुजी बजार परिसूचक-नेप्से लगातार दोस्रो दिन बढेको छ। नेप्से सोमबार ८७.६३ अंकले बढेर २ हजार ६ सय ७२.२५ विन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार ८३ लाख ९५ हजार ८ सय ६४ सेयर कित्ता खरिद विक्री भएकोमा ४ अर्ब ३० करोड ८८ लाख ९५ हजार ५ सय ७५ रुपैयाँको कारोबार भएको छ।

सोमबार सबै उपसमूहको सूचक बढेको छ। सबैभन्दा बढी, जलविधुत् र फाइनान्स समूहको सूचक ७ प्रतिशतभन्दा बढीले बढेको छ।

नन लाइफ इन्सुरेन्सको सूचक पनि ४ प्रतिशतभन्दा बढीले बढेको छ। १७ वटा कम्पनीको सेयर मुल्य १० प्रतिशतले बढेको नेप्सेले जनाएको छ। अन्य १७ कम्पनीको शेयर मुल्य पनि ९ प्रतिशतभन्दा बढीले बढेको छ। तीमध्ये अधिकांश जलविधुत् कम्पनीहरु छन्।

प्रतिक्रिया दिनुहोस