राजनीतिक दलहरूको ध्यान सत्तामा मात्रै केन्द्रित छ : रामचन्द्र पौडेल

सफल खबर संवाददाता

सोमबार, ०८ कार्तिक २०७८, १३ : ४९
राजनीतिक दलहरूको ध्यान सत्तामा मात्रै केन्द्रित छ : रामचन्द्र पौडेल

नेपालगञ्ज । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक दलहरूको ध्यान सत्तामा मात्रै भएको बताएका छन् ।

नेपाल प्रेस युनियन बाँकेले सोमबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले पछिल्लो समय कुनै पनि राजनीतिक दलहरूले व्यवस्थालाई संस्थागत गर्नका लागि महत्व नदिँदा सबैको ध्यान सत्ता केन्द्रित हुन पुगेको बताएका हुन् । यसले मुलुकलाई नै अस्थिरताको भुमरीमा फसाइएको उनको भनाइ छ ।

पौडेलले पार्टीको आसन्न १४औँ महाधिवेशन निर्धारित समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् । ‘तोकिएको समयमा हुन नसके समय थप गर्ने सीमा नै छैन कुनै पनि हालतमा निर्धारित समयमा सम्पन्न गर्नुपर्छ’, पौडेलले भने ।पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई आफूले निर्धारित समयमै महाधिवेशन सम्पन्न गर्न बारम्बार सुझाव दिँदै आएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस