झाडीमा लुकाइ राखेको १२ गोलिया अवैध सालको काठ बरामद

सफल खबर संवाददाता

सोमबार, ०८ कार्तिक २०७८, १३ : ०२
झाडीमा लुकाइ राखेको १२ गोलिया अवैध सालको काठ बरामद

file photo

गोरखा । अवैध रुपमा ओसारपोसार गर्न लागिएको सालको काठ प्रहरीले बरामद गरेको छ ।

गोरखा नगरपालिका-९ लुदीखोलास्थित पुन्चे सामुदायिक वनभित्र झाडीमा लुकाइ राखेको १२ गोलिया सालको काठ बरामद गरिएको प्रहरीले जनाएको छ ।

काठ ओसार पसारमा संलग्नहरु भने फेला नपरेको र खोजी कार्य भइरहेको प्रहरी निरिक्षक हिमनाथ घिमिरेले जानकारी दिए ।

बरामद गरिएको काठ आवश्यक कारवाही र अनुसन्धानका लागी डिभिजन वन कार्यालय पठाइएको प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस