काठमाडौं । कोरोना भाइरस सङ्क्रमणका कारण कक्षामा नियमित रूपमा उपस्थित हुन नसकेका विद्यार्थीको कसरी खोजी गर्ने भन्ने नै अहिले सरोकारवालाको मुख्य समस्याको विषय बनेको छ । अनलाइन कक्षाका साथै भौतिक रूपमै पढाइ सुुरु भएपछि पनि कमै मात्र विद्यार्थी कक्षामा उपस्थित भएका छन् ।
उपत्यकाका धेरै सार्वजनिक विद्यालयमा ३० प्रतिशतको हाराहारीमा विद्यार्थी अनलाइन कक्षामा अनुपस्थित रहेपछि आफ्ना विद्यार्थीको खोजी कसरी गर्ने भन्नेमा अहिले धेरैलाई चिन्ताको विषय बन्न पुगेको छ । कक्षामा विशेष गरी छात्राहरू बढी नियमित पठनपाठनमा छुटेका कारण उनीहरूलाई कसरी पुनः कक्षाकोठामा भित्र्याउने भन्नेमा विद्यालयले चासो देखाउन थालेका छन् ।
राजधानीको जनकल्याण माध्यमिक विद्यालय बौद्धले आफ्ना पुराना विद्यार्थीमध्ये ७० प्रतिशत विद्यार्थी मात्र हाल अनलाइन कक्षामा आएपछि बाँकी विद्यार्थीलाई खोज्न शिक्षकलाई रिचार्ज कार्ड उपलब्ध गराएर फोन सम्पर्क गर्न थालेको छ । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, ०८ कार्तिक २०७८, ०७ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चिसो बढेपछि सुनसरीका विद्यालयमा बिदा
शीतलहरसँगै धमाधम विद्यालय बन्द
चितवनको जनजीवन पूर्ववत् अवस्थामा फर्किँदै, विद्यालय सञ्चालनमा
निजी विद्यालयहरूद्वारा आज र भोलि शोक बिदा दिने निर्णय
पर्वतका ३१ विद्यालय विद्यार्थीविहीन, रित्तो विद्यालय रुँग्दै शिक्षक
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा