काठमाडौँ । ललितपुरकी विनु केसीले स्तन क्यान्सर भएपछि भारतमा उपचार गराइन् । अहिले उनले क्यान्सरलाई पूर्ण रूपमा जितिसकेकी छन् । क्यान्सर जित्न उनको परिवारको ठूलो साथ रह्यो । परिवारले साथ नदिएको भए क्यान्सरलाई जित्न धेरै कठिन हुन्थ्यो । क्यान्सर हुँदा निकै गाह्रो थियो । आफन्त घरमा आएर हौसला दिनुभन्दा रोइदिन्थे ।
आफन्त रुँदा उनको मनोबल खस्किन्थ्यो । यति साना बच्चा टुहुरो हुने भए भनेर अरूले भनेको सुनेपछि धेरै गाह्रो भएर बाथरुम छिरेर रोएको स्मरण गर्दै उनले भनिन्, “बिरामीलाई क्यान्सर शब्द सुन्नै मन लाग्दैन । क्यान्सरबाटै तीन जना सानिमालाई गुमाइसकेकी थिएँ । बिचरा भनिदिँदा निराश भइसकेको थिएँ ।”
१५ वर्षअघि क्यान्सर भनेको मृत्यु हो भन्ने थियो । त्यसैले विनु जतिदिन बाँचिन्छ बच्चासँग खुसी भएर बाँच्न चाहन्थिन् । मलाई भेट्न आउनेले बिचरा बर्बाद भो । यति सानो उमेरमा क्यान्सर लाग्यो तर भगवान् छन्, यति सानो बच्चालाई भगवान्ले टुहुरो बनाउँदैनन् भन्ने शब्द सुनेपछि असह्य भएको थियो ।
त्यो बेला हाँसिरहेकी मलाई धेरै गाह्रो भएको थियो । केसीले क्यान्सर रोगीलाई बिचरा होइन, हौसलाको खाँचो रहेको बताइन् । हाम्रो शक्ति भनेकै हौसला हो भन्दै उनले हौसला दिँदा एउटा युद्ध नै जिते जस्तो अनुभव रहने बताइन् ।
यस्तै नेपाल क्यान्सर सर्भाइभर सोसाइटीका अध्यक्ष प्रमिता खनालले पनि स्तन क्यान्सर जितिकेकी थिइन् । उनले पनि क्यान्सर रोगीलाई दया होइन, हौसला चाहिएको बताइन् । स्तन क्यान्सर हुँदा कतिपयको स्तन काटिएको भन्दै स्तनलाई जोगाएरै क्यान्सरको उपचार गर्नसकिने बताइन् । उनले राज्यले क्यान्सर रोगीलाई दिइँदै आएको खर्चमा वृद्धि गर्नुपर्नेमा जोड दिइन् ।
वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीले महिनावारी भएको ५ देखि ७ दिनको बीचमा स्तन परीक्षण गर्न जरुरी रहेको जानकारी बताए । उनले गर्भवती र महिनावारी सुकेका महिलाले स्तन परीक्षण गर्नुपर्ने जानकारी दिँदै आफ्नो स्तन क्यान्सर भए÷नभएको आफैँ जान्न सकिने बताए । नेपालमा प्रत्येक दिन छ जना महिलामा स्तन क्यान्सरको समस्या देखिने गरेको भन्दै डा. शाहीले तीन जना महिलाको मृत्यु हुने गरेको जानकारी दिए । गोरखापत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, ०६ कार्तिक २०७८, ०७ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वैज्ञानिकले बनाए क्यान्सरको औषधि, बाँच्ने अवधि दोब्बर हुने दाबी
भरतपुरको क्यान्सर अस्पतालमा नयाँ प्रविधिबाट शल्यक्रिया
बालबालिकाको क्यान्सरको उपचारमा प्रयोग हुने औषधि हस्तान्तरण
आज विश्व क्यान्सर दिवसः प्रारम्भिक चरणमा पहिचान भएमा निर्मूल हुने
क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउन सम्झौता
जुम्लामा ८ हजार आठ सय २९ जना छात्रालाई क्यान्सरविरुद्धको खोप दिइने