काठमाडौं । १४ औं महाधिवेशन सम्पन्न भएपछि नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति दोब्बर ठूलो हुने भएको छ । १३औँ महाधिवेशनको तुलनामा पदाधिकारी, केन्द्रीय समितिमा पुग्ने खुला, महिला, आदिवासी जनजाति, समावेशीलगायतका क्षेत्रमा व्यापक परिवर्तन गरिएपछि काँग्रेसको केन्द्रीय समितिको आकार १६८ पुग्ने भएको हो ।
यसअघि यो सङ्ख्या ८५ सदस्यीय थियो । काँग्रेसको इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समिति बनाउन लागिएको हो । काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले केन्द्रीय समितिको आकार बढ्ने अवस्था रहेको जानकारी दिए ।
केन्द्रीय निर्वाचन समितिका अनुसार सभापतिसहित १४ जना पदाधिकारीको चयन यस पटकको महाधिवेशनले गर्नेछ । जसमा उपसभापति दुई जना, महामन्त्री दुई जना, सहमहामन्त्री आठ जना र कोषाध्यक्ष एक जना गरी १४ सदस्यीय पदाधिकारी रहनेछ । कोषाध्यक्षबाहेक पदाधिकारीका १३ सिट नै महाधिवेशन प्रतिनिधिले निर्वाचनको माध्यमबाट चुन्ने छन् ।
काँग्रेसले यस पटक सबैभन्दा धेरै नेतालाई खुला सदस्यबाट केन्द्रीय समितिमा पु¥याउन सक्नेछ । खुला सदस्यमा यस पटक ३५ स्थान छुट्याइएको छ । यसअघि खुला सदस्यको सङ्ख्या २५ थियो । खासगरी पदाधिकारी निर्वाचन नलड्ने तर पाका पुस्ताका धेरै नेता केन्द्रीय समितिमा जान चाहने भएका कारण खुला सदस्यको सङ्ख्या बढाइएको हो ।
खुला सदस्यमा देशभरका महाधिवेशन प्रतिनिधिले मतदान गर्न पाउनेछन् । काँग्रेसले यस पटक महिलाको केन्द्रीय समितिको प्रतिनिधित्वलाई पनि थप सुनिश्चित गरेको छ । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ०४ कार्तिक २०७८, ०८ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
केन्द्रीय समिति बैठकका लागि काँग्रेसले तय गर्यो ८ एजेन्डा
कांग्रेस केन्द्रीय समिति बैठक आज, बिहान कार्यसम्पादन समितिको बैठक बस्दै
काँग्रेसका कृष्णप्रसाद यादवद्वारा मुख्यमन्त्रीमा दाबी पेस
कांग्रेस एमालेलाई बाहिर राखेर मधेसमा लोसपाको नेतृत्वमा नयाँ सरकार बन्ने
पूर्णबहादुर खड्काले पाए काँग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी
कांग्रेस केन्द्रीय समिति बैठक स्थगित