काठमाडौं । बाढीपहिरोले धान बालीमा पु¥याएको क्षतिका कारण यस पटक धान उत्पादनमा कमी आउने देखिएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालू आर्थिक वर्ष २०७८-७९ मा ६० लाख मेट्रिक टन धान उत्पादन हुने अनुमान गरेकोमा त्यो नपुग्ने भएको छ।
आव २०७७-७८ को ५६ लाख मेट्रिक टन जति पनि नपुग्ने देखिएको कृषि मन्त्रालयले जनाएको छ। ‘यो प्रारम्भिक अनुमान मात्र हो’, कृषि मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मले भने, ‘अहिले सञ्चार माध्यममा आएको तथ्यांक र हामीले सोधखोज गरेको आधारमा बुझ्दा यसपालि धान उत्पादनमा कमी आउनेछ।’ धान उत्पादनमा कमी आउँदा कुल गार्हस्थ्य उत्पादनमा पनि असर पर्ने देखिएको छ । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ०३ कार्तिक २०७८, ०७ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मनसुन समय अगावै भित्रिदा धान रोपाइँ बढ्यो, कुन प्रदेशमा कति ?
सय हेक्टरमा धानको बीउ उत्पादन गर्दै सहकारी
चैते धान बिक्री नहुँदा किसान चिन्तित
धानखेतीको तालिका बदलिँदै, अब जेठमै पाक्छ धान
चैते धान थन्क्याउने चटारोमा किसान
धानको उचित मूल्य नपाउँदा किसान निराश