महाकालीमा फसेका पाँच जनाको हेलिकप्टरबाट उद्धार

सफल खबर संवाददाता

मंगलबार, ०२ कार्तिक २०७८, १८ : १४
महाकालीमा फसेका पाँच जनाको हेलिकप्टरबाट उद्धार

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका ९ खल्ला मसेट्टीमा महाकालीको बाढीमा सोमबार रातिदेखि फसेका ५ जनाका मंगलबार उद्धार भएको छ । मंगलबार साँझ उद्धार गरेर नेपाली सेनाको हेलिकप्टर फर्किएको हो ।

अविरल वर्षाले महाकाली नदीमा पानीको बहाव बढेपछि सोमबार नदी किनारमा कुखुरा खोर कुर्न गएका पुष्कर नायक, दीर्घमती खड्का, शान्ती नायक, असोक नायक र अजय नायक बाढीमा फसेका थिए। 

कुखुराको खोर कुर्न गएका उनीहरु सोमबार रातिदेखि महाकालीमा बाढी बढेपछि बीचमा फसेका थिए । बाढी बढ्दै गएपछि उनीहरु ज्यान जोगाउन रुखमा चढेका थिए । रुखमै चढेको अवस्थामा उनीहरुको उद्धार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस