कोरोना अपडेट : थप १ हजार ९६ जनामा संक्रमण पुष्टि, १२ जनाको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, ०२ कार्तिक २०७८, १७ : ०९
कोरोना अपडेट : थप १ हजार ९६ जनामा संक्रमण पुष्टि, १२ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

CG Developers Tansen Cement box

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ८ हजार १४० र एन्टिजेन विधिबाट १ हजार ७७३ जनामा परिक्षण गर्दा  १ हजार ९६ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख ६ हजार ५१७ र एन्टिजेनबाट ९३ हजार ५६९ जना पुगेको छ ।  

यस्तै, आज थप १ हजार ४ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ८३ हजार ३९७ जना पुगेको छ । निको हुने दर ९७.१ प्रतिशत रहेको छ ।   

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ३०५ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ८१५ रहेको छ ।