यस्तो छ, आजको विनिमयदर

सफल खबर संवाददाता

मंगलबार, ०२ कार्तिक २०७८, ११ : ४७
यस्तो छ, आजको विनिमयदर

काठमाडौं । आज (मंगलबार) अधिकांश विदेशी मुद्रासँग नेपाली रुपैयाँको विनिमयदर बढेको छ । अमेरिकी डलरसहित धेरै विदेशी मुद्रासँग नेपाली रुपैयाँ थप कमजोर भएको हो । सोमबार खरिददर १२० रुपैयाँ १२ पैसा र बिक्रीदर १२० रुपैयाँ ७२ पैसा रहेको अमेरिकी डलरको विनिमयदर आज बढेको छ । नेपाल राष्ट्र बैंकले आज यो मुद्राको खरिददर १२० रुपैयाँ २५ पैसा र बिक्रीदर १२० रुपैयाँ ८५ पैसा तोकेको छ ।

यूरोपेली मुद्रा युरोको खरिददर १३९ रुपैयाँ ४१ पैसा र बिक्रीदर १४० रुपैयाँ १० पैसा निर्धारण गरिएको छ । यो मुद्राको विनिमयदर पनि आज बढेको हो । बेलायती पाउण्ड स्टेर्लिङ एकको खरिददर १६५ रुपैयाँ १३ पैसा र बिक्रीदर १६५ रुपैयाँ ९५ पैसा तोकिएको छ । स्टेर्लिङको विनिमयदर भने हिजोको तुलनामा आज केही पैसाले घटेको हो ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ८७ पैसा र बिक्रीदर ८९ रुपैयाँ ३१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ पाँच पैसा र बिक्रीदर ९७ रुपैयाँ ५४ पैसा तथा जापानी येन १० को खरिददर १० ्रुपैयाँ ५२ पैसा र बिक्रीदर १० रुपैयाँ ५७ पैसा तोकिएको छ । चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७० पैसा र बिक्रीदर १८ रुपैयाँ ७९ पैसा कायम गरिएको केन्द्रीय बैंकले जानकारी दिएको छ ।

नेपाली युवाहरूको प्रमुख श्रम गन्तव्य रहिआएको खाडी मुलुकतर्फ साउदी अरेबियन रियाल एकको खरिददर ३२ रुपैयाँ ६ पैसा र बिक्रीदर ३२ रुपैयाँ २२ पैसा तोकिएको छ । यस्तै, कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ २ पैसा र बिक्रीदर ३३ रुपैयाँ १८ पैसा निर्धारण गरिएको छ । यूएई दिराम एकको खरिददर ३२ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९० पैसा तोकिएको छ । मलेसियन रिंगेट एकको खरिददर २८ रुपैयाँ ८३ पैसा र बिक्रीदर २८ रुपैयाँ ९७ पैसा कायम भएको केन्द्रीय बैंकले जानकारी दिएको छ ।

यसैगरी, कुबेती दिनार एकको खरिददर ३९८ रुपैयाँ ३९ पैसा र बिक्रीदर ४०० रुपैयाँ ३८ पैसा निर्धारण गरिएको छ । बहराइन दिनार एकको खरिददर ३१९ रुपैयाँ ४ पैसा र बिक्रीदर ३२० रुपैयाँ ६३ रुपैयाँ तोकिएको छ । दक्षिण कोरियाली वन १०० को खरिददर १० रुपैयाँ १२ पैसा र बिक्रीदर १० रुपैयाँ १७ पैसा निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस