काठमाडौं । सरकारले विभिन्न मन्त्रालयमा अस्थायी कर्मचारी दरवन्दी सिर्जना गर्न स्वीकृति दिएको छ। मन्त्रिपरिषदको सोमबार बसेको बैठकले विभिन्न मन्त्रालयमा अस्थायी दरबन्दी सिर्जना गर्ने प्रस्ताव स्वीकृत गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
त्यस्तै, मन्त्रीपरिषद्को बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा ग्लास्कोमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी वल्र्ड लिडर समिटमा सहभागी हुने प्रतिनिधि मण्डल गठन गर्ने निर्णय समेत गरेको छ । बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन नियमावली २०७८ लाई स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले बताए ।
कार्कीले मोहम्मद जयन्ती १४९६ को अवसरमा कात्तिक २ गते मुस्लिम समुदायलाई सार्वजनिक विदा दिइने निर्णय गरेको पनि बताए । त्यस्तै मन्त्रीपरिषद्को बैठकले अबुधाबी डाइलगको छैटौं मन्त्रीस्तररिय परामर्श बैठकमा सहभागी हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री किसान श्रेष्ठलाई स्वीकृत दिने, निर्णय पनि गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ कार्तिक २०७८, १७ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुदूरपश्चिममा अस्थायी कर्मचारीसम्बन्धी विधेयक खारेजीको माग