ससुरालीमा टीका लगाएर फर्किँदै गर्दा भिरबाट लडेर मृत्यु

सफल खबर संवाददाता

शनिबार, ३० असोज २०७८, १२ : ३३
ससुरालीमा टीका लगाएर फर्किँदै गर्दा भिरबाट लडेर मृत्यु

सांकेतिक तस्वीर

खोटाङ । खोटाङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । संखुवासभाको चैनपुर नगरपालिका-८ चैनपुरका ४९ वर्षीय लेखबहादुर राउतको भिरबाट लडेर मृत्यु भएको हो ।

उनी खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ बाम्राङस्थित ससुराली घरमा टीका लगाएर फर्किरहेका थिए ।

शुक्रबार बाम्राङको नंग्रेखोला भिरबाट लडेर राउतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । राउतको शवलाई पोष्टमार्टम गर्न जिल्ला अस्पताल दिक्तेल पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस