कोरोना अपडेट : थप २ सय ७२ जनामा कोरोना पुष्टि, ८ जनाको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, २९ असोज २०७८, १६ : ४५
कोरोना अपडेट : थप २ सय ७२ जनामा कोरोना पुष्टि, ८ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २४० एन्टिजेन विधिबाट ३२ जनामा संक्रमण देखिएको हो । 

यस्तै, आज थप ७७७ जना कोरोना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ ।