काठमाडौं । सरकारले सार्वजनिक सवारी दुर्घटनाबाट घाइते भएकाहरुको निः शुल्क उपचार गर्ने भएको छ । कास्की, मुगु लगायतका स्थानमा भएको सवारी दुर्घटना पछि गृह मन्त्रालयले सवारी दुर्घटनामा घाइते भएकाहरुको निः शुल्क उपचार गराउने जानकारी गराएको हो ।
‘सार्वजनिक सवारी दुर्घटनामा घाइते हुनेहरुको निः शुल्क उपचारको व्यवस्था नेपाल सरकारले मिलाउने जानकारी गराइन्छ’ मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
यस्तै सवारी दुर्घटनामा ज्यान गुमाउनेहरुको अन्त्येष्टि तथा किरियाखर्च साथै मृतकका परिवारलाई उचित राहतको व्यवस्था गरिने समेत मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ असोज २०७८, १८ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना
ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते
रौतहटमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएपछि सडक अवरुद्ध
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा १३ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु